‘तिम्लाई मन परेको’ यूटुव ट्रेण्डिङमा

  हिमाल समाचार
371 Shares

काठमाण्डौँ । गीत कतिबेला चल्छ थाहै हुदैन् । यहि कुरा प्रमाणीत गरेको छ, गायक राजन कार्कीको गीतले । ‘रातो रुमाल’बोलको गीत दुई महिना अघि सार्वजनिक गरिएको थियो ।

राजन कार्कीको यूटुवमा अपलोड गरिएको उक्त गीतले दुई महिनामा बल्लतल्ल मुस्किलले चालिस हजार भ्यूज पाएको छ । तर ‘तिमीलाई मन परेको’ टाइटल परिर्वतन गरेर अपलोड गरिएको १३ दिनमा ४ लाख बढि दर्शकले हेरेका छन् ।

गीत ८ औँ दिन देखि ट्रन्डिङमा छ । गीत ट्रेन्डिङमा पर्नु भनेको तत्कालिन रुपमा गीतलाई मन पराइएको बुझिन्छ । ‘रातो रुमाल’गीतलाई दोहोरीबाट गायकको गायनलाई हटाएर गायिका मात्र स्वर राखिएको छ । जुन गीतको टाइटल र ‘तिमीलाई मन परेको’राखिएको छ ।

गायक कार्कीले यूटुव शुरु गरेको कम्तीमा ४ बर्ष भो तर उनले ट्रण्डिङको स्वाद लिएका थिइनन् । यसलाई उनले सफलता मानेका छन् । खुसी साट्दै उनले भने, ‘मेरो एउटा रहर पुरा भएको छ । यसमा मेरो मित्र प्रेमसागर पौडेलको ठूलो हात छ । स्रोता दर्शकलाई धेरै धन्यवाद ।’ उनले थपे, ‘निर्माणकै क्रममा आशा गरिएको गीतले निराशा बनाएको थियो । टाइटल फेरेर अपलोड गरेपछि आशातित भ्यूज गइरहेको छ । यस्ले आशा बढाएको छ ।’

यो समाचार तयार पार्दासम्म यो गीत यूटुव म्यूजिकको ट्रेडिङको २१ नम्बरमा छ । दैनिक ट्रेन्डिङको सिँढि चढिरहेकै छ । राजन कार्कीको लय सृजना र जीवन सिग्देलको शब्दमा तयार भएकोल गीतमा शान्तिश्री परियारको स्वर रेकर्ड छ । शुरुमा नयाँ गायक सरोज सिग्देलले गायिका परियारलाई स्वरमा साथ दिएका थिए । चलेको नामबाट व्यापारिक फाईदा लिने दाउमा गायकको पार्टलाई हटाएर गायिकाको पार्टको व्यापार थालिएको हो । जुन सफल देखिएको छ ।

मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा बब्बु थापा, अन्जली अधिकारी, धुब्र हिमाली र सिन्धु सिग्देलले नाचेका छन् । विपि फिल्मस् नेपालको व्यानरमा पोष्ट प्रोडक्सनको काम भएको भिडियोमा अजय रेग्मीले छायाँकन गरेका छन् भने प्रविण भट्टले सम्पादन गरेका छन् । यस गीतका निर्माता मिलन कटवाल हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार