नेचासल्यानको दुई विद्यालयमा शेर्पा समुदायको मातृ भाषाको पढाई शुरु

  हिमाल समाचार
602 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ मा रहेको दुई विद्यालयमा स्थानीय विषय अन्तर्गत शेर्पा समुदायको मातृभाषा पढाउन थालिएको छ ।

गाउँपालिकाले शिक्षक दरवन्दी व्यवस्थापन गरेपछि सगरमाथा र जनदिव्य आधारभूत विद्यालयमा मातृभाषामा पढाई शुरु गरिएको हो । शेर्पा समुदायको मातृभाषालाई सामभोटा लिपीमा पढाई थालिएको सगरमाथा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिङमार सार्की शेर्पाले जानकारी दिए ।

नेपाल बौद्ध महासंघले नेपाल सरकारबाट स्वीकृत गरी तयार पारेको पाठ्यक्रमलाई लागू गरेर अध्यापन शुरु गरेको शेर्पाले जानकारी दिए । ९० प्रतिशत बढी शेर्पा समुदायका विद्यार्थी रहेकाले मातृभाषाको पढाई शुरु गरिएको स्थानीय अभिभावक मेन्दो लकी शेर्पाले जानकारी दिइन् । लामो समय गुम्बा शिक्षा अध्ययन गरेका लामागुरुलाई झिकाएर पढाई शुरु गरेको प्रधानाध्यपक विनोद वस्नेतले जानकारी दिए ।

शेर्पाहरुको भाषा, संस्कार, संस्कृतीलाई संरक्षण गर्न पठनपाठनको माध्यम प्रभावकारी हुने भएकाले स्थानीय विषय अन्तर्गत कक्षा १ देखि ३ सम्म पठाउन थालिएको जनदिव्य आविका प्रध्यानाध्यापक राधा वस्नेतले जानकारी दिइन् । बुढापाकाहरुले भाषा बोल्ने गरेपनि युवाहरुमा दिनानुदिन भाषा प्रयोग कमि हुँदै गएकाले यसको रोकथामका लाथि शेर्पा भाषा, संस्कार, संस्कृती र दैनिक धार्मिक कार्यहरु समेत हुने गरि पठनपाठन अघि बढाउने निर्णय गरेको जनदिव्य आविका अध्यक्ष फुरकाजी शेर्पाले जानकारी दिए ।

विभिन्न जातजातिको पहिचानसँग जोडिएका भाषा, लिपी, संस्कार, संस्कृति नै गाउँपालिकाको अमूल्य निधी भएकाले यसको संरक्षण र विकासका लागि स्थानीय सरकार सजक रहेको पालिका अध्यक्ष डुफकुमार वास्तोलाले बताए । विषय शिक्षकलाई नेपाल कियर कन्र्सन नामक संस्थाले विद्यालयमा नै वस्ने, सञ्चार लगायतको सुविधाहरु उपलब्ध गराएको छ ।

यसैवीच नेपाल कियर कन्सर्नले मातृभाषाको पढाइ शुरु भएको दुवै विद्यालयलाई शैक्षिक प्रविधि तथा सामाग्री हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार