सागर विरहीको सृजनामा ‘रैछ माया अरिकैको’

  हिमाल समाचार
469 Shares

काठमाण्डौँ । सागर विरहीको सृजनामा मौलिकता सदाबहार रहन्छ । संगीत यात्राको दुई दशकमा उनी मौलिकता विर्सेर संगीतमा रमाउन चाहन्नन् ।

कतिपयले भाइरल र तडभडक रोजेपनि विरही आफ्नो लयमा अघि बढ्छन् । यो पटक अलि महत्वाकांक्षि बनेका छन् । पछिल्लो सृजना ‘रैछ माया अरिकैको’अलि बढि मेहनत र लगानी गरेका छन् । उनलाई यो गीतमा अलि बढि नै आशा छ ।

आफैँमा अब्बल गायक विरहीले यो पटक कुलेन्द्र विश्वकर्मालाई लिएका छन् । विरहीले कोरसमा मात्रै स्वर मिसाएका छन् । सोना क्षेत्रीले कुलेन्द्रलाई साथ दिएकी छिन् । विरहीकै शब्द, भाका र एरेन्ज रहेको गीतमा गुनासो भित्र रोमान्स पाईन्छ ।

रामजी लामिछानेको निर्देशनमा तयार भएको आकर्षक भिडियोमा गायक कुलेन्द्रलाई मोडलको रुपमा प्रस्तुत गरिएको छ भने महिला मोडेलमा जुना सुन्दास र स्मारिका ढकाललाई प्रस्तुत गरिएको छ ।
सर्जक तथा गायक विरहीले भने, ‘यो गीतमा यसअघिका सृजनामा भन्दा अलि बढि नै आश गरेको छु । त्यसैले राम्रो टीमसँग काम गरेको छु । मेहनत र लगानी पनि राम्रै गरेको छु । आशा छ, दर्शक स्रोताले मन पराउनुहुनेछ ।’ गीत रिलिजको केही घण्टाको दर्शक प्रतिक्रिया हेर्दा सतप्रतिशत सकारात्मक प्रतिक्रिया र भ्यूज बटुलेको छ ।

गायन, सृजना र एरेन्जरसँगै अघि बढाएका विरहीले अक्कलझुक्कल मोडलिङ र निर्देशन पनि गर्न भ्याउछन् । संगम इन्टरटेन्टमेन्ट कम्पनी संचालन गरिरहेका विरही तनहूँको घिरिङ गाउँपालिकामा जन्मे हुर्केका हुन् ।

दोहोरी साँझबाट सघर्ष गर्दै स्थापित बनेका उनले सामाजिक सिमालाई कहिल्यै मिच्न चाहदैनन् । उनी भन्छन्, ‘आफ्नो कामले भालि पछुतो लाग्ने अवस्था नआओस् भन्नेमा सचेत छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार