सोताङमा आगोलागी, एक घर जलेर नष्ट

  हिमाल समाचार
161 Shares

सोलुखुम्बु – गएराति लागेको आगोलागीले सोलुखुम्बुको सोताङ ३ खाउसेका कुविरधन राईको घर जलेको छ ।

आगोले राईको ढुंगा र माटोले बनेको २ तले घर जलेको हो ।

विद्युत सर्ट भई लागेको आगलागीबाट ५ लाख ५० हजार नगद सहित सम्पुर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

मानवीय क्षति भने भएको छैन् । आगो इलाका प्रहरी कार्यालय सोताङबाट परिचालित प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो । फोटो फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार