सोलुखुम्बुका दुई विद्यालय ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट, यस्तो छ कार्यविधि

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु – सोलुखुम्बुका दुई विद्यालय ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तरगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि जिल्लाका दुई विद्यालय छनौट भएका हुन् ।

छनौट हुनेमा नेचासल्यान गाउँपालिकाको केदार मावि र थुलुङ दुधकोशी गाउँपालिकाको जनता मावि रहेका छन् । केदारमा इन्जिनियरिङ, कृषि, घरेलु कार्यक्रम चल्नेछ भने जनतामा डिप्लोमा प्लान्ट साइन्स कार्यक्रम संचालन हुनेछ ।

केही समय अघि प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘शुरवीर’, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको टोलिले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई भेटेर विद्यालय छनौट, प्रस्तावना र संभावनाका बारेमा जानकारी गराएका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यविधि २०७८ अनुसार कार्यान्वयन हुने छ ।

जग्गा, भवन, यन्त्र उपकरणका अलवा स्थानीय बजार, विद्यार्थी संख्या, दरबन्दी अनुसारको शिक्षक भए नभएको, प्रयोगशाला लगायतका सुचांकको आधारमा कार्यक्रम कार्यान्वयनका लागि विद्यालयलाई छनौट गरिएको हो ।

उता, खोटाङमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको पन्च मावि र जनजागृति मावि कृषि कार्यक्रम संचालनका लागि छनौट भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिकाको प्रबुध्व मावि च्यानम र मोलुङको बरुणेश्वर मावि रामपुर कृषि र पशुपालन सम्बन्धी कार्यक्रम संचालनका लागि छनौटमा परेको छ ।

यस्तो छ कार्यविधि

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार