वितेका ८ महिनामा सोलुबाट एक लाख ४७ हजार क्यूफिट बढि काठ निकासी

  हिमाल समाचार
98 Shares

सोलुखुम्बु – सोलुखुम्बुबाट ८ महिनामा १ लाख ४७ हजार भन्दा बढि क्यूफिट काठ निकासी भएको छ ।

डिभिजन बन कार्यालय सोलुखुम्बुका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को साउनदेखि फागुन सम्ममा १ लाख २७ हजार ४७१ दशमवल २७ क्यूफिट काठ निकासी भएको हो । जसबाट २० लाख २० हजार ४८४ रुपैया राजश्व संकलन गरेको छ ।

साउनमा ९ हजार ८३३.६ क्यूफिट, भदौमा १३ हजार ११०.५५ क्यूफिट, असोजमा १३ हजार ३२३.६६ क्यूफिट, कार्तिकमा ८ हजार ९२०.४४ क्यूफिट, मंसिरमा १५ हजार ३१.६ क्यूफिट, पुषमा ३० हजार ८०१.९ क्यूफिट, माघमा २६ हजार १३९.२२ क्यूफिट र फागुनमा ३० हजार ३१०.३० क्यूफिट काठ निकासी भएको डिभिजन बन कार्यालयका फरेस्टर खेचरबाबु बास्तोलाले जानकारी दिए ।

त्यस्तै गैरकाष्ठ बन पैदादर ५१ हजार ४०५ केजि निर्यात हुँदा ३० हजार ५९५ रुपैँया राजश्वद संकलन भएको डिभिजन बन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार