नेचासल्यानका १९ विद्यालयलाई शैक्षिक सामाग्री

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – रीड नेपालले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका भित्र संचालित १९ विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

शिक्षण सिकाई क्रियाकलापमा सहयोग पु¥याउने द्येयले रीड नेपालले शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयलाई ए फो पेपर, न्यूज प्रिन्ट, मार्कर, चार्ट पेपर, ह्याङिगङ कार्ड, मास्किङ टेप, मार्कर इंक, गुलिष्टिक लगायतका सामाग्री वितरण गरिएको छ ।

रीड नेपालका शिक्षा विकास अधिकृत विष्णु उपाध्याय र नेचासल्यान गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधवमणी ढुंगानाले विद्यालयका प्रध्यानाध्यापकलाई वितरण गरेको सामाग्री प्राप्त गर्नेमा आधारभूत विद्यालय देखि माध्यमिक विद्यालयसम्म छन् ।

रीड नेपालले सोलुका सय विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्ने योजना बनाएको छ । रीड नेपालले डेढ दशक देखि सोलुखुम्बुको शैक्षिक उन्नयनका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार