मुल्य बृद्धिले हौसिए लिखुपिकेका अलैँची कृषक

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – अलैँचीको मुल्य बृद्धि भएसँगै सोलुखुम्बुको लिखुपिकेका अलैँची कृषकहरु हौसिएका छन् । गत बर्षको तुलनामा यस बर्ष मुल्यमा बृद्धि भएसँगै कृषकहरु खेती गर्नमा उत्साहित बनेको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार अघिल्लो बर्ष प्रतिकिलो ६ सय देखि ८ सय रुपैँया सम्ममा बिक्री भएको अलैँची यस बर्ष १ हजार १ सय रुपैँया सम्ममा बिक्री भएको छ ।

यतिखेर लिखुपिकेमा ८० प्रतिशत भन्दा बढी कृषकहरुले अलैँची बिक्री गरिसकेका छन् भने बाँकी रहेकाहरुले पनि धमाधम बिक्री गरिरहेको गाउँपालिका कृषि शाखाले जनाएको छ । अलैँचीे भण्डारणको रुपमा परिचित त्यहाँका कृषकहरु पछिल्लो केहि बर्ष यता मुल्य निरन्तर ओरालो लाग्दा निराश बनेका थिए । तर यस बर्षको मुल्य बृद्धिले उनीहरु खेती गर्नमा अग्रसर देखिएको स्थानीय शिव बस्नेतले बताए । यस क्षेत्रका कृषकहरु यतिखेर अलैँचीको सिचाँई र कलमीमा व्यस्त छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार