सोलुदुधकुण्डमा काँग्रेसका नाम्गेलजाङ्बुले बढाए फराकिलो मतान्तर

  हिमाल समाचार
6.5k Shares

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डको नगर प्रमुखमा काँग्रेस उम्मेदवार नाम्गेलजाङ्बु शेर्पाले अग्रता बढाएका छन् ।

वडा नम्बर १ र वडा नम्बर ११ तिंलाको १ हजार मत गणना सक्दा काँग्रेस उम्मेदवार नाम्गेलजाङ्बुले ९ सय १८ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिपर्धि नेकपा एमालेका आङकाजि शेर्पाले ७ सय ९५ मत पाएका छन् भने माओबादी केन्द्रका उम्मेदवार ङिमातेण्डुप शेर्पाको १ सय ८८ मत रहेको छ ।

नगर उपप्रमुखमा पनि काँग्रेस उम्मेदवार गान्धिमाया तामाङले अग्रता लिएकी छिन् । उनले ८ सय ३२ मत ल्याउँदा नेकपा एमाले उम्मेदवार मोहनकुमारी कार्कीले ८ सय २७ मत ल्याएकी छिन् । त्यस्तै माओबादी केन्द्रबाट उपप्रमुखको उम्मेदवार बेनकी शारदा माया तामाङले २ सय १ मत पाएकी छिन् ।

वडा अध्यक्षमा भने नेपाली काँग्रेसले ३ सय १८, नेकपा एमालेले २ सय ८४ र माओबादी केन्द्रका उम्मेदवारले २ सय ६७ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार