स्थानीय तहको निर्वाचन : सोलुका दुई पुर्व पत्रकारलाई सफलता, तीन पराजित

  हिमाल समाचार
616 Shares

स्थानीय तह निर्वाचन २०७९ मा होमिएका सोलुखुम्बुका ७ मध्ये दुई पूर्व पत्रकारलाई सफलता मिलेको छ । तीन पत्रकार पराजित भएका छन् भने दुई पूर्व पत्रकारको मतगणना बाँकी रहेको छ ।

जिल्लाको नेचासल्यान गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी पूव पत्रकार विना राईलाई सफलता मिलेको छ । उनले निकटतम प्रतिस्प्रर्धी एमालेकी सृजना राईलाई ११२५ मतान्तरले पराजित गरिन् । त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिका ७ मा वडाअध्यक्षको उम्मेदवार बनेका भोजराज कार्की पनि विजयी बनेका छन् ।

एमालेका उम्मेदवारलाई पराजित गर्दै कार्की निर्वाचित भए । तर महाकुलुङ गाउँपालिकाको अध्यक्षका प्रत्यासी भक्त राई, माप्य दुधकोशी गाउँपालिका २ मा वडाअध्यक्षका प्रत्यासी प्रकाश खालिङ र नेचासल्यान गाउँपालिका ३ मा वडासदस्यको उम्मेदवार बनेका डिल्ली शर्मा पराजित भए ।

उनीहरु पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा होमिएका हुन् । पूर्व पत्रकार मनोज कुमार श्रेष्ठ र सुजाता तामाङ उम्मेदवार बनेको वडाको मतगणना बाँकी छ । श्रेष्ठ सोलुदुधुकण्ड नगरपालिका ६ मा वडाअध्यक्ष र तामाङ वडा सदस्यको उम्मेदवार बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार