सोलुदुधकुण्ड : मेयरमा मतान्तर घटाउँदै आङकाजी, नाम्गेल ३१५ मतले अघि

  हिमाल समाचार
4k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार आङकाजी शेर्पाले मतान्तर घटाएका छन् ।

वडा नम्बर १, २, ३, ४, ९, १० र ११ को मतगणना हुँदा ६९१ मतले पछि रहेका आङ काजी वडा नम्बर ८ को गणना हुँदा ३१५ मतले पछि रहेका छन् । जुन उनको गृह वडा पनि हो ।

वडा नम्बर १, २, ३, ४, ८, ९, १० र ११ को मतगणना सकिदा कांग्रेसका नाम्गेल जाङबु शेर्पाले ३३९० मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका आङ काजी शेर्पाले ३०७५ मतका साथ पछ्याईरहेका छन् । यस्तै माओवादी केन्द्रका ङिमा तेण्डुप शेर्पाले १००७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गान्धी ३७६ मतले अघि
उपमेयरमा कांग्रेसकी गान्धी माया तामाङले ३२३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेकी मोहन कुमारी कार्कीले २८५६ मत र माओवादी केन्द्रकी सारदामाया तामाङले ८८६ प्राप्त गरेका छन् ।

उपमेयरमा ३७६ मतले मोहन कुमारी भन्दा गान्धी माया अघि रहेकी छन् । अहिले वडा नम्बर ५ को मत गणना भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार