सोलुदुधकुण्ड ८ मा पासाङ कटवाल दोहोरिए

  हिमाल समाचार
2.2k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा एमालेका पासाङ कटवाल दोहोरिएका छन् ।

मंगलबार सार्वजनिक भएको वडाको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका कुलध्वज मगरलाई २ मतले पछि पार्दै कटवाल निर्वाचित भएका हुन् ।

कटवालले ७४२ मत प्राप्त गर्दा मगरले ७४० मत प्राप्त गरेका छन् । निर्वातमान वडा अध्यक्ष समेत रहेका कटवाल यस निर्वाचनमा पनि प्यानलसहित विजयी भएका हुन् ।

वडा नम्बर ८ मा १७७३ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार