नेपाली सेनाका तीर्थलाई एभरेष्ट म्याराथुनको उपाधी

हाफ म्याराथुनको विजेता बने जर्मनका भेरेना

  हिमाल समाचार
658 Shares

सोलुखुम्बु – आज मे २९, अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एभरेष्ट म्याराथुनमा नेपाली आर्मीका तिर्थ बहादुर तामाङ विजेता बनेका छन् ।

सगरमाथा आधारशिविर देखि नाम्चेसम्मको ४२ किलोमिटरको दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पार्दै तामाङ विजेता बनेका हुन् । त्यस्तै, म्याराथुनमा खुम्बु पासाङल्हामू २ लुक्लाका राज कुमार राजभण्डारी दोस्रो बनेका छन् ।

उनले निर्धारित दुरी ३ घण्टा ५१ मिनेट ५९ सेकेण्डमा पारे गरे भने सोलुखुम्बु महाकुलुङ सुमन कुलुङ तेस्रो बनेका छन् । सुमनले ३ घण्टा ५३ मिनेट १० सेकेण्डमा दुरी पार गरेका थिए । डेढसय भन्दा बढि नेपाली र विदेशी धावक सहभागी म्याराथुनको आयोजना नाम्चे महिला समूहले आयोजना गरेको हो ।

त्यस्तै २१ किलोमिटरको हाफ म्याराथुनमा जर्मनीका भेरेना स्किमेर विजेता बनेका छन् । उनले निर्धारित दुरी ३ घण्टा ६ मिनेट ३४ सेकेण्डमा पार गरेका हुन् ।

दिङबोचे देखि नाम्चेबजर सम्मको दुरी गरिएको हाफ म्याराथुनमा रोमानियाका एलेना सेर्कु दोश्रो तथा जर्मनकै डिटेनर स्टभ तेश्रो बनेको नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए ।

फुल र हाफ म्याराथुनमा विजयी पहिलो, दोश्रो र तेश्रोलाई क्रमशः नगद पुरस्कार १ लाख, ७५ हजार र ५० हजार प्रदान गरिएको छ । हरेक बर्ष एभरेष्ट म्याराथुनको आयोजना गरिँदै आएको छ ।

 तस्विर सौजन्य – छिमिकाल्देन शेर्पा /ल्हाक्पा ग्याल्जेन शेर्पा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार