खुम्बुमा तेश्रो ‘ङिम दोर्जी शेर्पा स्मृति गोल्ड कप’ हुने

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ मा तेश्रो ‘ङिम दोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने भएको छ । प्रथम पालिका अध्यक्ष स्वर्गिय ङिम दोर्जी शेर्पाको सम्झनामा तेश्रो स्मृति गोल्ड कप अन्तरगत पालिका वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ मा हुने प्रतियोगिता आगामी भदौ ९ बाट सुरु भएर ११ गते सकिने आयोजक नाम्चे युवा समुहले जनाएको छ ।

पालिका भित्रका युवा समुह/क्लब/वडा/विद्यालय/सामुदायिक वन लगायतले प्रतियोगितामा सहभागी जनाउन सक्ने खेल सम्योजक लामाकाजी शेर्पाले बताए ।

प्रथम स्थान ओगट्न सफल टिमलाई रु. पाँच लाख बराबरको गोल्ड कपको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै दोश्रो र तेश्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमश नगद रु.६० र ४० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रथम हुने टिमले प्राप्त गर्ने गोल्ड कप अर्को बर्ष प्रतियोगिता आयोजना गर्ने संस्थाले ५ लाख रुपैयाँमा सोही कप खरिद गर्ने सम्योजक शेर्पाको भनाई छ । २०७७ सालबाट सुरु भएको गोल्ड कप पहिलो वर्ष वडा नम्बर ३ ले, दोश्रो बर्ष ४ ले र यस बर्ष ५ नम्बर वडाले आयोजना गर्न लागेको हो ।

खुम्बु पासाडं ल्हामु गाउपालिका–५ नाम्चे स्थित जम्बाला होम अगाडीको खेल मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु मध्येबाट ९ जनालाई पालिका स्तरिय टिम तय गरि माथिल्लो स्तरको प्रतियोगिताहरुमा सहभागीता जनाउन अवसर प्रदान गरिने बताइएको छ ।

टिम दर्ता आगामी भदौ ८ गते भित्रमा गराईसक्नुपर्ने छ भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्ने आयोजक समितिले जनाएको छ ।-फायल फोटो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार