प’हिरोका कारण काँगेलमा २ घर जो’खिममा

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेल वात्तिमको २ घर प’हिरोको जो’खिममा परेको छ ।

निरन्तरको वर्षातका कारण घर नजिकैबाट खनिएको सडकमा प’हिरोे जाँदा शोभित बहादुर थापाको दुई वटा घर जो’खिममा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार गत वैशाखमा थापाको घर छेउबाटै खनिएको सगरमाथा गोल्डेन ट्रयाक माथीबाट प’हिरो गएको हो ।

प’हिरोले एउटा घरको भित्रि भाग चर्किएको छ भने अर्को घर समेत जो’खिममा देखिएकाले थापाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार