सोलुखुम्बुमै पहिलो पटक स्नुकर प्रतियोगिता सुरु

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा पहिलो पटक स्नुकर प्रतियोगिता सुरु भएको छ । स्टार यूथ क्लबको आयोजनामा सदरमुकाम सल्लेरीमा आज(शनिबार)बाट जिल्लास्तरिय प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको संघिय सांसद हेम कुमार राई(सुरविर)ले उद्घाटन गरेको क्लबका महासचिब सुन्दर तामाङ (विजय)ले जानकारी दिए । जिल्लामै पहिलो पटक भएको प्रतियोगितामा लिखुपिके गाउँपालिबाबाट १ जना र बाँकी ७ पालिकाबाट ४/४ जना गरि २९ जना खेलाडी प्रतिस्पर्धामा होमिएका छन् ।

शनिबार पहिलो दिन पहिलो चरणका ६ खेल भएको छ भने आईतबार विहान ८ बजेबाट दोश्रो चरणका खेल सुरु हुने महासचिव तामाङले बताए ।

बेस्ट अफ फाइब, सेबेन र नाइन नकाउटको आधारमा हुने प्रतियोगिताका पहिलो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ र तृतीय हुने दुई जनालाई २२ हजार २ सय २२ रुपैयाँको दरले पुरस्कार प्रदान गरिने छ ।

सल्लेरी स्थित एभ्रेष्ट स्नोकर हाउसमा भईरहेको खेल भदौ १४ गते मंगलबार जारी रहने आयोजनाले जनाएको छ ।-फायल फोटो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार