लुक्लामा दुई दिनदेखि हवाई उडान ठप्प

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाको हवाई उडान दुई दिनदेखि ठप्प बनेको छ । निरन्तर मौसम प्रतिकुल हुँदा खुम्बु पासाङ ल्हामु गाउँपालिका २ स्थित उक्त विमानस्थलमा विहिबारदेखि उडान हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

उडान ठप्प हुँदा काठमाण्डौँबाट लुक्ला जाने तथा लुक्लाबाट काठमाण्डौँ फर्किने विदेशी तथा स्वदेशी पर्यटकहरु मर्कामा परेका छन् । लुक्लाामा अफसिजनमा समेत पर्यटकको संख्या बढेकाले हवाई उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेको बताइएको छ ।

लुक्लासम्म सडक नपुगेकाले भित्रिने एक मात्र विकल्प हवाई मार्ग भएपनि मौसम प्रतिकुल हुँदा पर्यटक आवगमनमा नै समस्या निम्तिएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा मौसम बदली भइ पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

उनका अनुसार बङ्गालको खाडीबाट जलवाष्युक्त हावा लगातारजसो नेपाल आइरहेकाले मौसम बदली भएकोे हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार