सोलुको फाप्लुमा १८ दिनपछि उडान

  हिमाल समाचार
511 Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु विमानस्थलमा १८ दिनपछि उडान भएको छ । मौसम प्रतिकुलताका कारण ठप्प बनेको हवाई उडान १८ दिनपछि शनिबार भएको नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुले जनाएको छ ।

गत भदौ ९ गतेपछि शनिबार मात्रै नेपाल एयरलाईन्सको जहाजले उडान भरेको प्राधिकरण प्रमुख भानुभक्त आर्चायले जानकारी दिए । काठमाण्डौँ आउ/जाउ गर्नेँ यात्रु धेरै भएपनि मौसमले साथ नदिदा उडान प्रभावित बनेको उनको भनाई छ ।

यस्तै जिल्लाको लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा पनि ३ दिनपछि उडान भएको छ । मौसम प्रतिकुलताका कारण भदौ २२ गतेदेखि हुन नसकेको उडान शनिबार ८ पटक भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

यसअघि मौसमकै कारण भदौ १३ गते देखि रोकिएको उडान भदौ २२ गते बुधबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार