पर्वतीय प्रतिष्ठानको संरचना निर्माण : २० बर्षको प्रगति ३० प्रतिशत मात्रै

  हिमाल समाचार
182 Shares

२० बर्ष देखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा निर्माणाधिन पर्वतीय प्रतिष्ठानको संरचना निर्माणको प्रगति ३० प्रतिशत मात्रै पाइएको छ ।

२ हजार ९ सय रोपनी क्षेत्रफलमा पिकनिक रिसोर्ट, बहुउदेश्यीय हल लगायतका भौतिक संरचना बनाउने उदेश्य राखिएको छ । ४७ वटा भवन निर्माण हुनुपर्नेमा हालसम्म ७ वटा मात्रै भवन निर्माण भएको पर्वतीय प्रतिष्ठान सोलुखुम्बुका इन्जिनियर भक्तराज जोशीको भनाई छ ।

केन्द्र सरकार मातहतमा निर्माण भईरहेको प्रतिष्ठानका संरचना बजेट अभावमा निर्माणले गति लिन नसकेको प्राविधिकहरुको भनाई छ । हालसम्म करिब २३ करोडको लागतमा प्रशासनिक भवन, होस्टल, क्लास रुम, पुस्तकालय भवन, (हिमाली मान्छे) यतिको मुर्ति निर्माण गरिएको छ ।

प्रतिष्ठानको संरचना निर्माणका लागि बार्षिक २ करोड निकासा हुँदै आएको छ । भौतिक संरचनाले पुर्णता नपाउँदा पर्वतारोहण अध्ययन गर्ने विद्यार्थीको लागि समस्या भएको नेपाल माउण्टेन एकेडेमीका विद्यार्थी पासाङ नुरु शेर्पाको भनाई छ ।

सन् २००२ देखि सुरु गरिएको संरचना निर्माणको प्रगति र रफ्तार हेर्दा निर्माणले पुर्णता पाउन ५० औँ बर्ष लाग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार