सोलुखुम्बुमा खच्चड विस्थापित हुँदै

  हिमाल समाचार
595 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा सडक सञ्जालको विस्तारसँगै ढुवानीको भरपर्दो साधन मानिएको खच्चड विस्थापित हुँदै गएको छ ।

केही बर्ष अघिसम्म सल्लेरीबाट दुधकोशी पारि सोताङ, महाकुलुङ, खुम्बु क्षेत्रसम्म सामान ढवानीको एकमात्र साधन खच्चडको संख्यामा भारी गिरावट आएको छ । कुनै समय ३ हजारको हाराहारीमा रहेको खच्चड अहिले ५–६ को संख्यामा खुम्चिएको छ ।

दुधकोशी पारि महाकुलुङसम्म सवारी पुगेपछि त्यस क्षेत्रमा खच्चडको काम शुन्य बनेको छ भने खुम्बु पासाङ ल्हामू गाउँपालिकासँग सडक सञ्जाल विस्तार भएकाले निकै पातलो संख्या खच्चडले काम पाउने गरेको छ । लुक्ला, नाम्चे खुम्जुङमा सामान ढुवानीका लागि मात्र खच्चडको प्रयोग हुँदै आएको व्यवसायि आङङिमा शेर्पाले बताए ।

एक दशकअघिसम्म हजारौँ खच्चडकै कारण पर्यटकीय पदमार्ग प्रदुषण र व्यवस्थापनको बहस चुलिन्थ्यो । अहिले त्यो बहस हराएको सरोकारवालाहरु बताउछन् । सडकका कारण खच्चडले काम नपाएपछि खच्चड कतिपय व्यवसायि पलायन बनेका छन् भने कतिपयले व्यवसायलाई रुपान्तरित गरेका छन् ।

कतिपयले खच्चड बेचेर ट्याक्टर संचालन गर्दै आएका छन् । केही खच्चड व्यवसायि वैदेशीक रोजगारीमा समेत गएको सल्लेरीका व्यवसायि रामलाल श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार