नेचासल्यान गाउँ शिक्षा ऐन संशोधनका लागि प्रतिवेदन बुझाइयो

  हिमाल समाचार
133 Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको गाउँ शिक्षा ऐन २०७५ संशोधनका लागि प्रतिवेदन बुझाइएको छ ।

ऐन संशोधनका लागि गठित समितिले सुझावसहित तयार पारेको प्रतिवेदन मंगलबार पालिका अध्यक्ष धनजन राईलाई बुझाएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

यसअघि प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व प्रध्यानाध्यापक, बुद्धिजीविहरुको उपस्थितीमा भएको छलफलबाट प्राप्त सुझाव समाबेश प्रतिवेदन सामाजिक विकास समिति संयोजक तथा कार्यदलका संयोजक इन्द्र बहादुर राईले पालिका अध्यक्ष राईलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै पालिका अध्यक्ष राईले आवश्यकताको आधारमा समाबेश सुझावलाई ऐनमा संशोधन गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार