सोलुमा सहुलियतदरको चामलप्रति उपभोक्ताको आकर्षण बढ्दो

सोलुखुम्बु – सोलुखुम्बुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ सय क्विन्टल भन्दा बढी चामल सहुलिय मुल्यमा वितरण गरेको छ । चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि हाल सम्म ५ सय २५.४० क्विन्टल चामल वितरण गरेको कार्यलयले जनाएको छ ।

कार्यलयका निमित्त प्रमुख सिद्धिनाथ मिश्रका अनुसार सो अवधीमा स्टिम जिरा मसिनो ४ सय १ क्विन्टल, अरुवा सोना मंसुली चामल १ सय १४ क्विन्टल र वास्मती १०.४० क्विन्टल बिक्री गरिएको हो ।

छु्टसहित स्टिम जिरा मसिनो प्रतिकिलो ६१ रुपैयाँ, अरुवा सोना मन्सुली ४२ रुपैयाँ र वास्मती प्रतिकिलो एक सय ८ रुपैयाँमा बिक्री गरेको जनाइएको छ ।

हाल गोदाममा मौज्दात स्टिम जिरा मंसिनो २ सय २५ क्विन्टल र अरुवा सोना मंसुली ७५.१० क्विन्टल मौज्दात रहेको कार्यलयले जनाएको छ । असोज १ दखि सुरु भएको चाडपर्व लक्षित छुट कार्तिक १५ सम्म लागु हुने कार्यालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडले देशभर प्रतिकिलो ७ रुपैयाँ छुटमा चामल वितरण गरिरहेको छ । छुटमा बिक्री गर्न सोलुका लागि ७०० क्विन्टल कोटा छुटिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार