सोलुखुम्बु – जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हतियार बुझाउन सूचना जारी गरेको छ ।
आगामी मंसिर ४ गते हने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न हतियार बुझाउन शुक्रबार सूचना जारी गरेको हो ।
सूचनाअनुसार आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त हतियार नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।
बुझाइएको हतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।