प्रथम डि.बी किराँती स्मृति ब्याडमिन्टन र कविता वाचन प्रतियोगिता हुने

  हिमाल समाचार
574 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा प्रथम डि.बी किराँती (थुलुङ) स्मृति खुल्ला ब्याडमिन्टन र कविता वाचन प्रतियोगिता हुने भएको छ । डि.बी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा आगामी पुस २ देखि ४ गते सम्म प्रतियोगिता हुने भएको हो ।

जिल्ला सदरमुकाम सल्लेरीमा हुने प्रतियोगिता अन्तरगत पुरुष/महिला डबल, डबल पुरुष ३५ वर्ष माथीका र सिंगल १५ वर्ष मुनिका इभेन्टहरुमा ब्याडमिन्टन प्रतियोगिता हुने छ ।

ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टमा प्रथम र द्वितिय हुनेलाई क्रमश नगद १५ हजार र ७ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ भने तृतिय हुने २ जनालाई नगद ५/५ हजारको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । यस्तै सान्तवना हुनेलाई मेडल र प्रमाण–पत्र प्रदान गरिने खेल संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।

टिम दर्ता शुल्क २ हजार रुपैयाँ लाग्ने छ भने १५ वर्ष मुनिका खेलाडीको दर्ता शुल्क नलाग्ने जनाइएको छ । खुल्ला कविता वाचन तर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद ३ हजार, २ हजार, १ हजार र ५ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको उद्घाटन नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मानबी राई र प्रदेशसभा २ का सदस्य बुद्धिकुमार राजभण्डारीको विशेष उपस्थितीमा गरिने आयोजकले जनाएको छ ।

ब्याडमिन्टन प्रतियोगिता सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी नजिकै रहेको कर्भड हलमा र कविता वाचन जिल्ला समन्वय समितिको समिक्षालय हलमा हुने बताइएको छ । साहित्यकार, कषि विज्ञ, चित्रकार तथा राजनितिज्ञ किराँतीको ६५ वर्षको उमेरमा २०७८ पुस ४ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार