सोलुमा सम्पन्न खुल्ला पुरुष डबल ब्याडमिन्टनको उपाधि श्रेष्ठ र खनाललाई

  सुबास दर्नाल
1.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा सम्पन्न प्रथम डि.बी किराँती (थुलुङ) स्मृति खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्बु ब्याडमिन्टन संघका अर्जुन श्रेष्ठ र आशिष खनालले हात परेका छन् । सोमबार सल्लेरी स्थित सोलुखुम्बु बहुमुखी क्याम्पस नजिकैको कभर्डहलमा सम्पन्न फाइनल खेलमा लुक्लाका लाक्पा तेन्जी तामाङ र अनुज तामाङको टिमलाई पराजित गर्दै सल्लेरीका श्रेष्ठ र खनालले उपाधि चुमेका हुन् ।

ओखलढुंगाका श्रवण चौधरी र सञ्जय राईको टिम तथा काठमाण्डौका गणेश ढुंगेल र नारायण गौतम तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भए । यस्तै महिला महिला डबल तर्फ काठमाण्डौका सोमा गुरुङ र निकिता लामाको टिम पहिलो भए । उनीहरुले सोलुखुम्बु ब्याडमिन्टन संघका पुजा मगर र माया राईलाई पराजित गर्दै उपाधि माथी कब्जा जमाएका हुन् ।

सोलुखुम्बु सल्लेरीका सरिता राई र कला राई तथा ओखलढुंगाका प्रेमु राई र काठमाण्डौका टसी शेर्पा तेश्रो भएका छन् । यस्तै पुरुष ३५ वर्ष माथीका ब्याडमिन्टन तर्फ काठमाण्डौँका नारायण गौतम र सोलुखुम्बु लुक्लाका ल्हाक्पा तेन्जिङ तामाङ पहिलो भएका छन् । गौतम र तामाङले ओखलढुंगाका राम राई र हित राईलाई पराजित गर्दै पहिलो उपाधि उचालेका हुन् ।

सोलुखुम्बु ब्याडमिन्टन संघका रघुनाथ खनाल र फूर्वा ग्याल्जेन शेर्पा (फुरी) तथा सोलुखुम्बु सल्लेरीका तुला मगर र निर्मल श्रेष्ठ तेश्रो भएको खेल संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए । १५ वर्ष मुनीको पुरुष एकल तर्फ काठमाण्डौका सुभम श्रेष्ठ पहिलो भए । उनले काठमाण्डौँकै शिभम श्रेष्ठलाई पराजित गर्दै उपाधि उचालेका हुन् । सोलुखुम्बु ब्याडमिन्टन संघका रोमी तामाङ र विशाल तामाङ तेश्रो भएका छन् ।

डि.बी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा गत शनिबारबाट सुरु भएको प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, उदयपुर, सिनधुपाल्चोक, सुनसरी, सिराह, सप्तरी, काठमाण्डौँ, कास्कीको पोखरा लगायतका जिल्लाहरुका खेलाडीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत १५ बर्ष मुनीको सिङ्गल पुरुष तर्फ १४ जना, खुल्ला महिला तर्फ ८ टिम, खुल्ला पुरुष तर्फ १७ टिम र ३५ बर्ष माथीको डबल पुरुष तर्फ १२ टिमले सहभागिता रहेका थिए ।

ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टमा प्रथम र द्वितिय हुनेलाई क्रमश नगद १५ हजार र ७ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ भने तृतिय हुने २ जनालाई नगद ५/५ हजारको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । यस्तै सान्तवना हुनेलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए । तस्विर -Red Sun Channel

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार