नेचासल्यानमा पहिलो पटक क्लोथ बैकं खुल्यो, २५० जनाले लिए लाभ

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा क्लोथ बैकं अभियानको थालनी भएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान, नेपाल नेचासल्यान ३ ले सुरु गरेको अभियानको आज (शनिबार) एक कार्यक्रमका विच पालिका उपाध्यक्ष बिना राईले उद्घाटन गरेकी हुन् ।

‘हुनेले दिनुस् जरुरी हुनेले लिनुस्’ भन्ने मुल नाराका साथ सुरु भएको अभियानमा २५० जनाले कपडा लिएको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिए । जिल्लामै पहिलो पटक सुरु गर्न लागेको क्लोथ बैकंमा कपडा हुनेहरुले दान गर्न सक्ने छन् भने आवश्यक हुनेले लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

अभियानको पहिलो दिन स्थानीय रविलाल जमरकट्टेलले ७२ हजार ३ सय ५०, रमेश केसी जमरकट्टेल र राजु राउतले ३७ हजार २ सय ७५ हजार बराबरको कपडा अभियानलाई सहयोग गरेका छन् ।

यस्तै उदयपुर कटारीका दिलदार हुसेनले ६५ थान, स्थानीय विनोद पुरूष भारद्वाजले १०० थान, गिता बास्तोलाले ८० थान, गोपाल बास्तोलाले २४ थान, छवि जमरकट्टेलले २० थान, राजेश जमरकट्टेलले १५ थान, रोहित आचार्य ३३ थान, सल्लेरीका शिव कार्कीले ८ थान, स्गथानीय कमला खनालले ७ थान, रोहन राई १० र हेम भट्टराईले २७ थान कपडा सहयोग गरेको प्रतिष्ठानका महासचिव जमरकट्टेलले जानकारी दिए ।

निरन्तर चल्न यस अभियानलाई सहयोग गर्न चहाने र लाभ लिनेले प्रतिष्ठानलाई सम्पर्क गर्न सकिने जनाइएको छ । कतिपय नागरिकहरुसँग प्रशस्त कपडा भएपनि कतिपय अभावले समस्या झेल्न बाध्य भएकाकाले यो कदम चालिएको प्रतिष्ठानले जनाएको छ ।

उद्घाटन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद जमरकट्टेलको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बिना राईको प्रमुख आतिथ्यतामा नेचासल्यान ३ स्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार