महाकुलुङमा रीडले थाल्यो शिक्षक क्षमता अभिवृद्धि तालिम

  हिमाल समाचार
294 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । रीड नेपालले गाउँपालिकाको समन्वयमा आज (आईतबार)बाट पालिका भित्रका आधारभुत तहका शिक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरेको हो ।

सगरमाथा मावि बुङमा सुरु भएको तालिममा पालिकाका ८ विद्यालयका २४ जना आधारभुत तहका शिक्षक र २ स्थानीय स्रोत शिक्षक गरी २६ जनाको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए । तालिममा अंग्रेजी, गणित, विज्ञान प्रविधि र सामाजिक विषयलाई समेटेर प्रशिक्षण दिने रीड नेपालले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले शिक्षा नै परिवर्तनको मुख्य आधार भएकाले तालिममा सिकेका सिपलाई शिक्षण सिकाईमा कार्यन्वयन गर्न आग्रह गरे ।

निजी विद्यालयका शिक्षकहरुको तुलनामा सामुदायिक विद्यालयका शिक्षकको सेवा सुविधा राम्रो भएको स्मरण गराउँदै निजी विद्यालयकै शिक्षक सरह मेहनत गर्न सुझाव अध्यक्ष कुलुङले सुझाव दिए । शैक्षिक सुधारमा लामो समयदेखि रीड नेपालको महत्त्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद दिदै सबै विद्यालयलाई कार्यक्रममा समावेश गर्न समेत माग गरे ।

रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा गाउँपालिका अधयक्ष सुर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा पालिकाका प्रमुख प्राशाशकीय अधिकृत पदम बहादुर बस्नेत, सामाजिक विकास समिति संयोजक पर्खिधन राई, शिक्षा शाखा प्रमुख झमक बहादुर कटवाल, लगायतकोे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार