सोलुखुम्बुका सांसद राजभण्डारी बने प्रदेशमन्त्री

  हिमाल समाचार
1.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुको प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित सांसद बुद्धिकुमार राजभण्डारी मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राजभण्डारीसहित तीन जनाई आज बिना बिभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त अन्य दुई मन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य र दुर्गा चापागाईं छन् । राजभण्डारी भने नेकपा एमालेको तर्फबाट मन्त्री नियुक्त भएका हुन् ।

प्रदेश सभाको अघिल्लो कार्यकाल पनि जिल्लाको सोही निर्बाचन क्षेत्रबाट निर्बाचित राजभण्डारी नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक थिए । नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री कार्कीले आजै सपथ गराएका छन् ।

यसअघि मुख्यमन्त्री कार्की सहित एमालेका राप्रपा र जसपाबाट एक एक मन्त्री नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रको तर्फबाट छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार