प्रतिकुल मौसमका कारण लुक्ला र फाप्लुको सबै उडान रद्ध

  हिमाल समाचार
448 Shares

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलको सबै उडान रद्ध भएको छ ।

मौसममा आएको प्रतिकुलताका कारण आज (आईतबार) लुक्ला र फाप्लुको सबै उडान रद्ध भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

लुक्लामा मौसममा आएको प्रतिकुलताका कारण ताराको एउटा र सिताको २ वटा गरि ३ वटा काठमाण्डौ–लुक्ला उडान हुने कार्यतालिका रहेको थियो । तर विहानैदेखि लुक्ला क्षेत्रमा लागेको हुस्सुका कारण दिनभरको उडान रद्ध भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए ।

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप अधिक छ भने भित्रिने यात्रु न्यून रहेको उनको भनाई छ । यस्तै फाप्लुमा काठमाण्डौबाट सिता एयरको एउटा जहाजको उडान तालिका भएपनि मौसमका कारण रद्ध भएको फाप्लु विमानस्थलका एटिसि अफिसर पृतम सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार