सोलुमा ६५ जनाले लिए अंगीकृत नागरिकता, ४ जनाले हटाए पतिको नाम

  सुबास दर्नाल
196 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो करिब दुई दशमा ५ दर्जन बढी महिलाले अंगीकृत नागरिकता लिएका छन् । वि.स. २०५८ सालदेखि हाल सम्म ६५ जनाले बैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अंगीकृत नागरिकता लिनेमा ४९ जना भारतिय र १६ जना चिनिया रहेको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई विवाह दर्ता गर्ने बित्तिकै नेपाली नागरिक हुने कानुनी व्यवस्था छ ।

नेपालको संविधानको धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ ।

२४ सय बढीलाई नेपाली नागरिकता
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले यस वर्षको पहिलो ९ महिनामा २ हजार ४०८ थान नेपाली नागरिकता वितरण गरेको छ । जसमा ४५० जनाले प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताईन् ।

सोही अवधिमा जिल्लामा ४ जना महिलाले नागरिकताबाट पतिको नाम हटाएका छन् । उनीहरुले सम्बन्ध विच्छेदपछि नागरिकताबाट पतिको नाम हटाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

४ जनाले हटाए नागरिकताबाट पतिको नाम
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ जना महिलाले नागरिकताबाट पतिको नाम हटाएका छन् । उनीहरुले सम्बन्ध विच्छेदपछि नागरिकताबाट पतिको नाम हटाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार