सगरमाथा राष्ट्रिय निकुन्जबाट पासो सहित दुई सिकारी पक्राउ

  हिमाल समाचार
3.1k Shares

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुई जना सिकारीलाई पक्राउ गरिएको छ । निकुञ्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट पासो र गुलेलीसहित थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका ३९ वर्षीय गोरे तामाङ र सन्तोष तामाङलाई चौरीखर्क रेन्जपोष्टको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान गुलेली, वन्यजन्तु मार्नका लागि बाँसबाट बनाइएको पासो ५ थान, खुकरी दुई थान, पासोको लागि बनाइको लठ्ठी ५ थान जफत गरिएको छ । बुंगा खोला पावर हाउस नजिकबाट उनीहरुलाई पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए ।

अहिले उनीहरुलाई नाम्चे ल्याइएको छ । यसबारे थप अनुसन्धान भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार