थुलुङ दूधकोशी अध्यक्ष राईले गरे एमबीबीएस पढाउन आवेदन आवहन

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु– सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन् ।

खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने उनले निर्णय गरेका हुन् । पालिकाको चुनावमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले यस्तो निर्णय गरेका हुन् ।

उनले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् ।

अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार