आईतबार सोलु–काठमाण्डौँ जिप सञ्चालन ठप्प

  हिमाल समाचार
5.3k Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट दैनिक रुपमा काठमाण्डौका लागि छुट्ने जिपहरु आज(आईतबार) ठप्प भएको छ । सुमो जिपको हुट हटाउने विषयमा असहमती जनाउँदै यातयात व्यवसायीहरुले लामो दुरीको जिप सञ्चालन ठप्प पारेका हुन् ।

आज जिल्लाबाट काठमाण्डौसहितका क्षेत्रमा कुनै पनि सुमो छुट्न नसकेको यातयात व्यवसायी दोर्जी शेर्पाले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोेलुखुम्बुले केन्द्रीय सर्कुलर अनुसार दुर्घटनाको जोखिम बढेको भन्दै हुट हटाउन ताकेता गरेपछि यातायात व्यवसायीले यस्तो निर्णय गरेका हुन् ।

व्यवसायीहरुले शनिबार यस विषयमा छलफल गरेर यातयात सञ्चालन बन्द गरेका हुन् । सोलुखुम्बुबाट छुटने सुमोले यात्रुका सामान लगायतका सामाग्रीहरु बोक्नुपर्ने भएकाले हुट हटाउन नसकिने व्यवसायीको अडान छ ।

साथै उनीहरुले जिल्ला प्रासन कार्यालयमा हुट हटाउन नसकिने बेहोरा जानकारी गराई सहजिकरण गरिदिन समेत आग्रह गरेका छन् । जिल्लाबाट दैनिक कम्तीमा १८ वटा सम्म जिप काठमाण्डौँका लागि छुट्ने गरेका छन् । तर आज बस भने छुटेको व्यवसायी किरण राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार