विश्व सिमसार दिवस : सगरमाथा क्षेत्रको सिमसार सरसफाई

  हिमाल समाचार
189 Shares

सोलुखुम्बु – विश्व सिमसार दिवसको अवसरमा सगरमाथा क्षेत्रको सिमसार क्षेत्रको सरसफाई गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले विहिबार नाम्चे क्षेत्रको नदी तथा सिमसार क्षेत्रको प्लाष्टिकजन्य फोहोर सरसफाई गरिएको हो ।

निकुञ्जका कर्मचारी, सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी), नेपाली सेना, नेपाल प्रहरी, स्थानीय लगायतको सहभागीतामा फुर्ते तथा नाम्चे क्षेत्रका खोला तथा नदी क्षेत्रको सरसफाई गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सो क्षेत्रबाट अन्दाजी २५ किलो प्लाष्टिकजन्य फोहोर संकलन गरि नष्ट गरिएको छ । साथै निकुञ्जले सिमसारको महत्व र संरक्षणको उपायबारे सचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।

कार्यक्रममा लगभग ४५/५० जनाको सहभागीता रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार