लिखुपिकेमा सकियो रीडको शिक्षक क्षमता अभिबृद्धि तालिम

  हिमाल समाचार
231 Shares

सोलुखुम्बु – सोलुखुम्बु लिखुपिके गाउँपालिकामा ५ दिनदेखि जारी शिक्षक क्षमता अभिबृद्धि तालिम सकिएको छ । गाउँपालिकाको समन्वयमा रीड नेपालले गत आईतबारबाट सञ्चालन गरेको तालिम आज (विहिबार) सकिएको हो ।

तालिममा अंग्रेजी, गणित, विज्ञान प्रविधी र सामाजिक विषय शिक्षण गर्ने आधारभूत तहका शिक्षकहरुलाई प्रशिक्षण गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

तालिममा रीड नेपालले काम गर्ने विद्यालयका ४० जना र पालिकाको तर्फबाट २४ जना गरि ६४ जना शिक्षकहरुको सहभागिता रहेको जनाइएको छ । समापन कार्यक्रममा बोल्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जिल्लाको शैक्षिक क्षेत्रमा रीड नेपालको भुमिका अतुलनिय रहेको भन्दै प्रसंशा गरिन् ।

तालिममा सिकेका सिपलाई कक्षाकोठा सम्म पु¥याउन आग्रह गर्दै त्यसको पालिकाले अनुगमन गर्ने उनले प्रतिबद्धता जनाइन् । कार्यक्रममा शिक्षा संयोजक रेखराज बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानु कार्की, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

रीड नेपालले यस अघि सोलुदुधकुण्ड नगरपालिका, माप्यदुधकोशी गाउँपालिका, थुलुङ दुधकोशी, नेचासल्यान, सोताङ र महाकुलुङका शिक्षकहरुलाई पनि तालिम प्रदान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार