मोेनभिसो फाउण्डेशनद्वारा नेलेका अग्नी पिडितलाई दुई लाख हस्तान्तरण

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु नेलेका अग्नि पीडित परिवारलाई मोनभिसो नेपाल फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।

पुस ५ गते थुलुङ दुधकोशी १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीबाट पीडित परिवारका लागि दुई लाख रुपैयाँ हस्तान्तरण गरेको फाउण्डेशनका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले जानकारी दिए ।

सहयोग रकम बुधबार फाउण्डेशनका अध्यक्ष छोङवा लामा शेर्पाले नेलेका वडाअध्यक्ष घनराज सुनुवारलाई हस्तान्तरण गरेका हुन् । विपतमा सकेको सहयोग गर्नु सबैको कर्तव्य रहेको अध्यक्ष लामा शेर्पाले जानकारी दिए ।

आगोलागीबाट कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घर जलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार