खुम्बु पासाङ ल्हामु : सडक नै नपुगेको पालिकाको इन्धन खर्च ५ लाख !

  हिमाल समाचार
2.5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामै सवारी मर्मत तथा इन्धनमा ५ लाख रकम खर्च गरेको छ । पालिका केन्द्रलाई नै सडक सञ्जालले जोड्न बाँकी रहेको उक्त गाउँपालिकाले सवारी मर्मत तथा इन्धन खर्चमा ६ महिनामै करिब ५ लाख रुपैयाँ रकम खर्च गरेको हो ।

खुम्बुको ५ वडा मध्ये वडा नम्बर १ बाहेक अन्य वडाहरुमा हाल सम्म सडक सञ्जाल पुग्न सकेको छैन् । तर पालिकाका जनप्रतिनिधिले इन्धन खर्च बापत ठुलो रकम खर्च गरेको पाइएको छ ।

पालिकाले बजेट मार्फत नै एक वर्षका लागि इन्धन खर्चका लागि ५ लाख रकम विनियोजन गरेको तर ६ महिनामै सबै रकम खर्च भएपछि थप गर्नुपर्ने स्थिती देखिएको प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद चापागाईले बताए । यद्यपी पालिकाको गाडी भएको विषयमा वडाका अन्य जनप्रतिनिधिहरु भने अनविज्ञ छन् ।

एक वडाध्यक्षले भने, ‘हाम्रो पालिकाको आफ्नै सवारी साधन छ भन्ने बारे मलाई जानकारी छैन् ।’ प्रमुख प्रशासकिय अधिकृत चापागाईले भने पालिकाको एउटा ल्याड क्रुजर गाडी काठमाण्डौमा सञ्चालन भईरहेकाले खर्च भएको बताए ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ स्थित थामडाँडा सम्म मात्रै सडक ट्रयाक ओपन भएको छ । सडक ट्रयाक ओपन कार्य भईरहेकाले पालिका केन्द्र सम्म सडक पुग्न समय लाग्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार