गंगोदय माविको ६७ औँ बार्षिक उत्सव मनाईयो

  प्रेम श्रेष्ठ
203 Shares

खोटाङको राावबेसी गाउँपालिका ५ दुवेकोल स्थित गंगोदय माविको ६७ औँ वार्षिक उत्सव विभिन्न कार्यत्रम गरि मनाईएको छ ।

गाउँपालिका अध्यक्ष फटिकुमार श्रेष्ठको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा मा.वि. स्तरीय निबन्ध प्रतियोगिता, आधारभुत तह कक्षा ६–८ हाजिरी जबाफ प्रतियोगिता, आ.वि. कक्षा ४–५ स्तरीय हिसाब दौड, आ.वि. १–३ स्तरीय स्मरण दौड प्रतियोगिता र आमा समुहबिच कुर्सी दौड प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको अबसरमा हरिकाजी तुलसा अक्षयकोषबाट विद्यालयका उत्कृष्ट शिक्षक रुपमा काजिबहादुर श्रेष्ठ नगद २,५०० सहित पुरस्कृत भएका छन् । त्यसैगरी हरिकाजी तुलसा अक्षयकोषबाट २०७८ सालमा कक्षा९ मा कक्षा प्रथम हुने सन्जोक राईलाई नगद १०,००० सहित पुरस्कृत गरिएको छ । स्व. शोभा रेग्मी अक्षयकोषबाट कक्षा ७ मा प्रथम हुने योगमाया गुरुङलाई ३,००० सहित पुरस्कृत गरिएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

वि.व्य.स. अध्यक्ष भिमप्रसाद निरौलाको अध्यक्षतमा भएको कार्यक्रममा रावाबेसी गा.पा.उपाध्यक्ष कौशीला कुमारी गुरुङ, रावाबेसी गाउँपालिकाका पुर्व अध्यक्ष लिलानाथ निरौला, दुबेकोल वडा अध्यक्ष मनकुमार गुरुङ, कार्यपालिका सदस्य, कालिका आ.वि. चिण्डे भदौरेका प्र.अ. भुपाल भण्डारी, शिक्षक, आमासमूह लगायत स्थानीयको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार