नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा राई विजयी

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु – नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन राई भारी मतका साथ विजयी भएका छन् । सल्लेरीमा सम्पन्न ९ औँ जिल्ला अधिवेशनको निर्वाचनबाट २८४ मतका साथ राई विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी महाप्रसाद फूयालले १८१ मत प्राप्त गरे । शनिबार राती सकिएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा मदनकै प्यानलका राधादेवी बस्ने  निर्वाचित भईन् । राधादेवीले २७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सीता कुमारी आचार्यले १७३ मत प्राप्त गरिन् ।

सचिवमा भने महाप्रसाद फूयाल प्यानलका प्रकाश राई विजयी भएका छन् । उनी २४१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी उत्तर कुमार राईले २०४ मत प्राप्त गरेको नेपाल शिक्षक संघले जनाएको छ । अर्का उपाध्यक्षमा राजु दुलाल र अर्थ सचिवमा रेमन्त कुमार बस्नेत निर्वाचित भएका भए । अन्य सदस्यहरुमा पनि मदनकै प्यानलका विजयी भएको बताइएको छ ।

अधिवेशनले १८ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । शिक्षक संघ सोलुका ७०२ जना सदस्य मध्ये ४६७ जनाले मतदान गरेका थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनि सहमती हुन नसक्दा अन्तत निर्वाचन प्रकृयामा होमिएको थियो ।

नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने शिक्षक संघले जनाएको छ । अधिवेशनको शुक्रबार सल्लेरीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बल बहादुर केसीले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार