सोलुखुम्बुले संघिय सरकारबाट ७९ करोड १३ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने

  हिमाल समाचार
322 Shares

सोलुखुम्बु – आगामी आर्थिक वर्ष सोलुखुम्बुको स्थानीय तहले नेपाल सरकारबाट अनुमानित ७९ करोड भन्दा बढी रकम वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका ८ स्थानीय तहलाई ७९ करोड १३ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान रकम राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगले सिफारिस गरेको हो ।

जसमा सबै भन्दा बढी सोलुदुधकुण्ड नगरपालिकाले १२ करोड ७४ लाख र सबै भन्दा कम लिखुपिके गाउँपालिकाले ६ करोड ८८ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले १२ करोड २५ लाख, नेचासल्यान गाउँपालिकाले ११ करोड २९ लाख र माप्यदुधकोशी गाउँपालिकाले १० करोड ४ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

 

त्यसैगरी महाकुलुङ गाउँपालिकाले ९ करोड २१ लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ८ करोड ५० लाख र सोताङ गाउँपालिकाले ८ करोड २२ लाख अनुदान प्राप्त गर्ने राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोग काठमाण्डौँले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान कुल वित्तीय समानीकरण अनुदानको क्रमशः २५ प्रतिशत र ३०.२८ प्रतिशत हुने गरी सिफारिस गरिएको छ ।

यसरी न्यूनतम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा स्थानीय तहको हकमा जनसङ्ख्यालाई मुख्य आधार लिइएको छ । प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा १० हजारभन्दा कम जनसङ्ख्या भएका स्थानीय तहलाई कम्तीमा २ करोड ७५ लाखमा नघट्ने गरी सो रकमको सीमालाई न्यनतम आधार पश्चात् जनसङ्ख्यालाई मुख्य आधार लिई स्थानीय तहको वर्गीकरण समेतका आधारमा सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार