मन्त्री राजभण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु – कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी राष्ट्रिय पुरस्कार २०८० बाट सम्मानित भएका छन् । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई राजभण्डारी राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरेको हो ।

मन्त्री राजभण्डारीलाई ट्रष्टले राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्रस, सामाजिक संघसंस्था, धार्मिक एवं साँस्कृतिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएको भन्दै सम्मान गरेको जनाएको छ । राजभण्डारी भक्तपुरबाट बाग्लुङ्गपुगेको २१८ औं बर्ष गाँठको अवसरमा ट्रष्टका तर्फबाट मन्त्री राजभण्डारीलाई सम्मानपत्र सहित नगद २५ हजार तथा दोसल्ला ओढाई सम्मान गरेको ट्रष्टका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

२०७८ मा स्थापना भएको ट्रष्टले हरेक बर्ष राष्ट्रका बिभिन्न क्षेत्रमा उल्लेखनिय टेवा पुर्याउने राजभण्डारीहरुलाई सम्मान गर्दै आएको संरक्षक रामकुमार राजभण्डारीले बताए ।

राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपश्चात मन्त्री राजभण्डारीले यस सम्मानले आफुलाई थप जिम्मेवार बनाएको जिकिर गर्दै आगामी दिनमा यस सम्मानको इज्जतलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने बताए । आफुले विगतदेखि नै सेवाभाव मनमा राख्दै कार्य गरेकोे तथा अझै पनि थुप्रै सामाजिक विकासका कार्य गर्न बाँकी रहको उल्लेख राजभण्डारीले गरे ।

ट्रष्टलाई मन्त्री राजभण्डारीद्वारा ५० हजार सहयोग

कोशी प्रदेशका सामाजिक विकास विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गलाई ५० हजार रुपैंया सहयोग गरेका छन् ।

राष्ट्रिय पुरस्कार अन्र्तगत सम्मान स्वरुप प्राप्त भएको २५ हजार नगदमा आफ्नो तर्फबाट पुनः २५ हजार रुपैंया थप गरी ट्रष्टको थप ब्यवस्थापन र अन्य सामाजिक कार्यका लागि ५० हजार ट्रष्टलाई हस्तान्तरण गरे ।

ट्रष्टलाई मन्त्री राजभण्डारीका तर्फबाट सहयोग स्वरुप प्राप्त भएको ५० हजार रुपैंया आगामी दिनमा सामाजिक क्षेत्रमा प्रयोग गरिने ट्रष्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार