बैंकिङ कर्जा प्रवाह नहुँदा सोलुखुम्बुको अर्थतन्त्र शिथिल

ब्यवशायीमा निराशा

  दिपेन्द्र खनाल
462 Shares

बैंक तथा वित्तिय संस्थाहरुले कर्जा लगानी नगर्दा हिमाली जिल्ला सोलुखुम्बुको अर्थतन्त्र चलायमान हुन सकेको छैन । कोरोनाकाल पछि पहिलो पटक ठूलो संख्यामा विदेशी पर्यटक आएका कारण खुम्बु क्षेत्रको अर्थतन्त्रमा ठूलो टेवा पुगे पनि तल्लो सोलुमा भने आर्थिक क्रियाकलाप ठप्प जस्तै बनेका छन् ।


बैंकिङ लगानीको भर पर्ने निजि क्षेत्रका ब्यवशायीहरु कर्जा ठप्प हुँदा निराश बनेका छन् । कषि तथा पशुपालन, होटल ब्यवशाय, घरेलु तथा साना उद्योगहरु स्थापना तथा ब्यापार विस्तारका लागि बैंकिङ लगानीकै भर पर्नु पर्ने बाध्यताका कारण तल्लो सोलुको अर्थतन्त्र शिथिल बनेको हो ।

अघिल्लो दशैँ यता तरलता अभाव र पछिल्लो केही महिना देखि पुँजी अभावका कारण बैंकहरुले लगानी ठप्प पारे पछि कुनै पनि ब्यवशाय विस्तार हुन नसकेको हो । विगत ८ महिना देखि बैंकहरुले लगानी नगर्दा ब्यवशायीहरु मारमा परेको सल्लेरीका हामेस्टे संचालक उत्रमान राईको भनाई छ ।

सदरमुकाम सल्लेरीमा मात्रै क बर्गका ८ वटा बैंकका शाखा रहेका छन् भने उनीहरुले निक्षेप संकलनको काम मात्रै गरिरहेका छन् । अर्थतन्त्र लयमा फर्कदै गर्दा बैंक हरुमा निक्षेपको तुलनामा कर्जा प्रबाह कम भइरहेको राष्ट्रिय बाणिज्य बैक सोलुखुम्बु शाखाले बताएको छ । व्यापार कर्जा, कृषि कर्जा, विना धितोका कर्जाहरु प्रवाह सरल रुपमा गर्न नसकिएको शाखा प्रबन्धक सुवास निरौलाले बताउनुभयो । यस्तै जिल्लाको नेपाल बैंक लिमिटेडको शाखाले पनि कर्जा प्रबाह गर्न नसकेको शाखा प्रबन्धक मणि चापागाईले बताए ।

बैंकको पुँजी अभावका कारण कर्जा प्रवाहमा समस्या भएको माछापुच्छ«े बैंकका शाखा प्रबन्धक भबिश्वर डुम्रेको भनाई छ । ८ वटा बैंकहरुले जिल्लामा बार्षिक न्युनतम २ अर्बको कर्जा प्रवाह गर्दै आएकोमा यो बर्ष बर्जा प्रवाह ठप्प हुँदा जिल्लाका कुनै पनि ब्यवशायले गति लिन नसकेको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार