नाम्चे बजारमै उखरमाउलो गर्मि

१२ बर्ष पछिकै उच्च तापक्रम, घर बाहिर निष्कन कठिन

  हिमाल समाचार
4.2k Shares

सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा नै उखरमाउलो गर्मि हुन थालेको छ ।  १२ बर्ष अगाडी एक पटक यस्तै गर्मि भएको नाम्चेमा यो पटक एक साता देखि लगातार टण्टलापुर घाम लाग्दा गर्मिले सिमा नाघेको हो । सधैं सितल र जाडो हुने नाम्चेमा दैनिक तापक्रम १२ डिग्रि सेल्सियस सम्म पुगे पछि स्थानीय घर बाहिर निस्कन सकेका छैनन् ।
विहान ८ बजेदेखि सा“झ ५ बजेसम्म चर्को घाम लाग्ने गरेको स्थानीय ब्यवशायी लामाकाजी शेर्पाले भने । यो सिजनमा अघिल्ला बर्षहरुमा औषत तपक्रम ४–५ डिग्रि सेल्सियस हुने नाम्चेबजारमा यो पटक १२ डिग्रिसम्म पुगे पछि अहिलेसम्मकै अधिक गर्मि भएको हो ।
अत्याधिक गर्मिका कारण दिउसोको समयमा मान्छेहरु घर बाहिर निस्कने सक्ने अवस्था नरहेको नाम्चेका स्थानीय छिमिकाल्देन शेर्पाको भनाई छ । समुन्द्र सतहबाट ३४ सय मिटरको उचाईमा रहेको नाम्चेमा समेत उखर्माउलो गर्मि हुंदा कृषि कर्ममा समेत असर गरेको छ ।
अहिले आलु गोड्ने सिजन भए पनि गर्मिका कारण कृषकहरु बारिमा जान सकेका छैनन् । यता नाम्चेमा तत्काल अधिक बर्षाको संभावना नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हल्का बर्षाको संकेत देखिए पनि तापक्रम घट्ने गरि पानी पर्ने संभावना नरहेको मौसमविद बिनु महर्जनले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार