नेचासल्यानको नीति तथा कार्यक्रम सार्वजनिक, विद्यालय मर्ज गरिने, खानेपानीको समाधानको लागि पिउने पानी बर्ष घोषणा

  हिमाल समाचार
567 Shares

सोलुखुम्बु-सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा हलमा आयोजित १३ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष विना राईले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गनुभएको हो ।

गाउँपालिका अध्यक्ष धनजनराईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष विना राईले शिक्षा, खानेपानी, स्वास्थ्य, सडक र शुसासनलाई उच्च प्राथमिक्तामा राखेर नीति कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर अभिबृद्धि गर्न वडा भरि छरिएर रहेका विद्यालयलाई एउटै विद्यालयमा गाभि बाँकी विद्यालयमा बालविकास कक्षा मात्रै संचालान गर्ने उल्लेख छ । मर्ज गरेर बनाईएको नमुना विद्यालयमा अंग्रेजी, कम्प्युटर, नृत्य, पौडी र अन्य प्राविधिककुराहरु पढाईने र गाउँका विद्यार्थी विद्यालयसम्म पुग्न स्कुल बसको ब्यवस्था गरिने बताईएको छ ।

एउटा विद्यालयमा न्युनतम ५० सरकारी शिक्षक र एक हजार विद्यार्थीसम्म पढाउन सक्ने गरि बोर्डिङ भन्दा नमुना स्कुल बनाउने रणनिति नेचासल्यानले लिएको छ । त्यस्तै शिक्षाको स्तर अभिबृद्धि गर्न प्रतिश्पर्धाबाट प्रधानाध्यापक चयन गरिने पनि नेचासल्यानले नीति लिएको छ ।
पिउने पानीको चरम समस्या रहेको नेचासल्यानमा पालिकामा बृहद खानेपानी आयोजना संचालन गरि २ बर्ष भित्र घरघरमा स्वच्छ पानी पु¥याउनका लागि पिउने पानी बर्ष नै घोषणा गरिएको छ । जसका लागि पालिकाको सल्यान, बतासे र वेतघारीको शिरमा एक–एक वटा गरि जम्मा ३ वटा ठूला वितरण ट्ंयाकी राखि घरघरमा पानी पुर्याईने उल्लेख छ ।

सडकलाई १२ महिना नै संचालन गर्नका लागि स्तरउन्तनी आवश्यक भएकोले निर्माण उपकरणहरु जेसिवि, रोलर र ट्रयाक्टर खरिद गरिने उल्लेख गरिएको छ । आफ्नै हेवि ईक्युप्मेण्ट भए पछि न्युन लागतमा टोलटोलका बाटोहरु स्तरउन्नती हुने जनाईएको छ ।

यस अघि बालिका बचत खातामा २ हजार रुपैँया जम्मा गरिँदै आएकोमा अबदेखि ३ हजार थपेर ५ हजार रुपैंया जम्मा गरिने छ भने नेपाल बाहिर बसेका नेचासल्यानका नागरिकलाई पनि बालिका बचत कार्यक्रममा समावेश गरिने कार्यक्रममा उल्लेख छ ।

गाउँसभामा वडा नम्बर २ का अध्यक्ष सिताराम काफ्लेले आर्थिक ऐन, वडा नम्बर १ का अध्यक्ष रमेश राईले विनियोजन विधेयक र वडा नम्बर ४ का अध्यक्षले बजेटको प्ररम्भिक खाका प्रस्तुत गर्नु भएको छ । पुर्ण बजेट असार ३० गते ल्याउने गरि पालिका अध्यक्ष राईले गाउँसभा स्थगित गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार