लुक्ला विमानस्थल फुर्सदिलो

  सुबास दर्नाल
973 Shares

सोलुखुम्बु – नेपालकै व्यस्त विमानस्थल मध्येका एक सोलुखुम्ुबको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला फुर्सदिलो बनेको छ । पर्यकीय सिजनमा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलको उडान सिजन सकिएसँगै अहिले दैनिक २÷३ वटामा सिमित बनेका हुन् ।

पर्यटक सिजनमा ४१२ मुभमेन्ट सम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसान नै बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएको छ भने भएका उडानमा समेत कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरु बताउँछन् ।

अहिले काठमाण्डौबाट हुने दैनिक एक÷दुई आउने विमानहरुले निर्माण सामाग्री, खाद्यन्न, कपडा लगायतका कार्गो बोकिरहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताउनुभयो । उडान घटेसँगै विमानस्थलका कर्मचारीहरुमा समेत फुर्सद मिलेको छ । सिजनमा एकैपटक धेरै उडान तथा अवतरण हुँदा भ्याईनभ्याई हुने विमानस्थल कर्मचारीहरु समेत यतिखेर फुर्सदमा रहेको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

उपत्यका बाहिरका विमानस्थल मध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्जलाई नेपालको व्यस्त विमानस्थलहरुकोरुपमा परिचित छन् । सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा वर्षको २ सिजन भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट जेठ अन्तिम सातासम्मलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार