खोटाङको माक्पामा १८ लाख २० हजारमा बन्यो कभर्डहल, खेलाडी उत्साहित

  सलिना लामिछाने
770 Shares

सोलुखुम्बु – खोटाङको ऐसेलुखर्क गाउँपालिका ७ माक्पामा १८ लाख २० हजारको लागतमा निर्माण भएको कभर्ड हल सञ्चानमा आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा वडाको सिलिङ बजेट मार्फत निर्माण गरिएको कभर्ड हल सञ्चालनमा आएको वडाअध्यक्ष अरुण राईले जानकारी दिनुभयो ।

व्याडमिन्टन खेलका लागि निर्माण गरिएको उक्त हलमा ५० देखि ६० जनासम्म दर्शक अट्न सक्ने क्षमताको रहेको वडा कार्यालयले जनाएको छ । हल सञ्चालनमा आएसँगै व्याडमिन्टन खेलका लागि घामपानीको प्रवाह नगरी खेल सञ्चालन गर्न सकिने वडाध्यक्ष राईले बताउनुभयो । सहज रुपमा खेल सञ्चालन गर्ने वातावरण भएसँगै खेलाडीहरु उत्साहित बनेको बताइएको छ ।

यसैविच, गत आर्थिक वर्षमा वडाले विभिन्न सामुदायिक भवनको मर्मत गरेको छ । १३ लाखको लागतमा नोरुङ सामुदायिक भवन, बेप्ला सामुदायिक भवन, इलिम सामुदायिक भवन, पौडेल कुल पुजा मन्दिर निर्माण, भदौरे सामुदायिक भवन र देलम्किम भवन मर्मत गरिएको वडा कार्यालयले जनाएको छ ।

साथै खानेपानी, विपन्न घरधुरीलाई हिल्टेक वितरण गरिएको छ भने दलित, जनजाती, खेलकुद युवा स्वरोजगार पशु विकासको लागि र खानेपानीको मुहान सरसफाई लगायत अन्य कामको लागि ५० प्रतिशत अनुदानमा कार्यक्रम संञ्चालन गरिएको छ भने शतप्रतिशत अनुदानमा दलित लक्षित कार्यक्रमहरु सञ्चालन गरिएको उहाँको भनाई छ ।

यस्तै साडे ७ लाखको लागतमा दुमी राईहरुको भवन र ५५ लाखको लागतमा वडा कार्यालय निर्माण भईरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८÷८१ मा गत आर्थिक वर्ष अधुरो रहेका योजनालाई निरन्ता दिने र शिक्षा स्वाथ्य लगायतका क्षेत्रमा पनि काम गर्ने वडाअध्यक्ष राईले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार