ट्राफिक प्रहरी कार्यालय सोलुबाट एकै महिनामा झण्डै ४ लाख राजस्व संकलन

सोलुखुम्बु – जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुले एकै महिनामा झण्डै ४ लाख राजस्व संकलन गरेको छ । सवारी नियम उलङघनबाट मात्रै फागुन महिनामा ३ लाख ८४ हजार ५ सय राजस्व संकलन गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय सोलुका ईन्र्चाज कृष्ण कट्वालका अनुसार साना ठुला गरी ४ सय ५० वटा सवारी साधन कारबाहीमा परेको छ ।

जसमा सबैभन्दा बढी कार जिप २२२ वटाबाट १ लाख ९३ हजार राजस्व संकलन भएका छन् भने मोटर साईकल १ सय ३ वटाको ९३ हजार राजस्व संकलन भएको छ ।

त्यस्तै ट्रक ६१ वटाबाट ४७ हजार ५ सय,टेम्पो अटो मिटि सवारी ३४ वटाबाट २९ हजार, ट्याक्टर १७ वटा बाट १२ हजार ५ सय, टिफर ११ वटाबाट ८ हजार, बस १ वटाबाट ५ सय र अन्यमा १ वटाबाट ५ सय गरी जम्मा ३ लाख ८४ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार