खम्बसिंह कुँवर ‘काजी बा’को नि’धन

  हिमाल समाचार
35 Shares

चितवन-वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजी बा’को नि’धन भएको छ।

लामो समयदेखि मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या झेल्दै आएका कुँवरको ९५ वर्षको उमेरमा मंगलबार बिहान ८ः४५ बजे भरतपुर अस्पतालमा नि’धन भएको हो।

कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। उनलाई अन्तिम समयमा निमोनिया समेत भएको थियो।

विसं २०११ देखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालमा आफ्नै नेतृत्वमा चितवनमा प्रगतिशिल पार्टीको सुरूआत गरेका थिए। पछिल्लो पटक उनी नेकपाको केन्द्रीय सल्लाहकार भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार