मार्ने धम्की आएपछि रियाको आक्रोश–‘अब त अत्ती भयो’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्ती सामाजिक संजाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । रियालाई सामाजिक संजालमा निकै खराब तरिकाले ट्रोल गरिएको छ । लामो समयसम्म मौन बसेकी रियाले अब यो बिषयमा मुख खोलेकी छिन् ।

रियाले ट्रोलरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै अब अत्ती भयो भन्दै मुख खोलेकी हुन् । मन्नु राउत नामक एक ट्रोलरले उनलाई म्यासेज पठाउँदै लेखेकी छिन्–‘तिम्रो हत्या र बलात्कार होस् । तिमीले आत्महत्या गर, नत्र म तिमीलाई मार्नका लागि मानिस पठाउँछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार