सोलुखुम्बु : थुलुङ दुधकोशीमा बजार अनुगमन धमाधम

समाचार प्रभाव

  हिमाल समाचार
14 Shares

सोलुखुम्बु, कार्तिक ५

सोलुखुम्बुका स्थानिय तहले बजार अनुगमन थालेका छन् । चाडवाड लक्षित बजार अनुगमनमा चासो नदिएको विषयमा हिमाल एफ.एमले समाचार प्रकासन तथा प्रसारण गरेपछि जिल्लाका स्थानिय तहले बजार अनुगमन थालेका हुन् ।

सोलुदुधकुण्ड नगरपालिकाले हप्ता दिन यता बजार अनुगमन गरिरहेको छ भने, थुलुङ दुधकोशीले पनि बजार अनुगमन गरिरहेको छ । थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६, ७ र ८ का बजार क्षेत्रका पसलहरु अनुगमन गरि म्याद नाघेका दैनिक उपभोग्य बस्तु जफत गरि नष्ट गरिएको बजार अनुगमन समिति संयोजक तथा उपाध्यक्ष सविता राईले जानकारी दिईन् ।

उपाध्यक्ष राईका अनुसार सबै होटल पसललाई मुल्य सुचि अनिवार्य राख्न समेत निर्देशन दिईएको छ । बाँकी वडा नम्बर ४, ५, ९ मा पनि बुधबार देखि बजार अनुगमन गरिने राईले बताईन् । बजार अनुगमन गर्न जिल्ला प्रशासनले परिपत्र गरेपछि बजार अनुगमनलाई तिव्रता दिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार